मुस्लिम सांसदले लगाईन सिन्दूर र मंगलसुत्र

एजेन्सी। भारतमा त्रिणमुल पार्टीको तर्फबाट सांसद बनेकी मुस्लिम समुदायकी युवती नुसरत जहाँबारे टिका टिप्पणी हुने क्रम रोकिएको छैन। हालै उनले लगाएको सिन्दूर र मंगलसुत्रबारे पनि धेरै आलोचना र समर्थन पनि भयो।

ती टिप्पणीको हालै उनले जवाफ दिएकी छन्। संसद बैठकमै मंगलसुत्र र सिन्दूरमा संसद बैठक पुगेकी थिइन् नुसरत। त्यस क्रममा उनको टिप्पणी भएको हो। तर हालै उनले आफ्नो विश्वास र आस्थामाथि प्रश्न नउठाउन भन्दै आलोचकहरुलाई कडा जवाफ दिएकी छन्।

व्यवसायी निखिल जैनसँग विवाह गरेकी उनले कस्तो पहिरन लगाउने भन्ने आफ्नो व्यक्तिगत इच्छा भएको भन्दै आलोचनाको जवाफ दिएकी हुन्। जब कि, नुसरतले सिन्दूर र मंगलसुत्र लगाएपछि मुस्लिम समुदायबाटै उनले आफ्नो धर्मको अपमान गरेको टिप्पणी गरेका थिए।

शनिबार भने नुसरतले ट्वीट गर्दै आलोचनाको जवाफ एकैचोटी दिएकी हुन्। उनले लेखेकी छन्, ‘म स्वतन्त्र भारतको प्रतिनिधि हुँ। जुन धर्म, जाति र पन्थबाट पर छ। कट्टरपन्थीहरुको वयानमा ध्यान दिनु भनेको घृणा र हिंसा जन्माउनु हो।’ नुसरतले भनेकी छन्, ‘म मुस्लिम हुँ र रहनेछु। म के पहिरन लगाउँछु यसमा कसैलाई केही बोल्ने हक छैन।

आस्थाको मतलब विश्वास हो।’ खासगरी मुस्लिम धर्मगुरुहरुले उनको खरो टिप्पणी गरेका थिए। नुसरतले सिन्दूर र मंगलसुत्र लगाएपछि उनले मुस्लिम धर्मको अनादर गरेको उनीहरुको टिप्पणी थिय । २९ वर्षीया सांसद नुसरत जहाँले २५ जुनमा संसदमा सपथ ग्रहण गरेकी थिइन्।