असार १७ पछि शैक्षिक संस्था खोल्न र भोलि देखि लकडाउन खुकुलो पार्न सरकारलाई सुझाब

काठमाडौं। सरकारले लकडाउनलाई खुकुलो बनाउदै लैजाने तयारी गरेको छ । कोरोना रोकथाम तथा नियन्त्रणमा काम गरिरहेको उच्चस्तरीय समन्वय समितिले जेठ २५ गतेदेखि लकडाउनको स्वरुप परिवर्तन गर्ने प्रस्ताव अगाडि सारेको छ।

समितिले जिल्ला भित्र र लामो दुरीका सवारी साधन सञ्चालन गर्ने, सबै प्रकारका उद्योग तथा व्यवसाय सञ्चालन गर्ने, आन्तरिक हवाई सेवा सञ्चालन गर्न आवश्यक मापदण्ड तयार गर्ने सुझाव सरकारलाई दिएको छ।

समितिले जेठ २५ गतेदेखि लकडाउनलाई धेरै खुकुलो बनाउने र असार १ गतेदेखि अधिकांश क्षेत्र निश्चित मापदण्ड पालना गर्दै सञ्चालन गर्न दिने गरी लकडाउनको स्वरुप परिवर्तन गर्ने सुझाव दिएको हो।

सरकराले समितिको सुझाव कार्यान्वयन गर्ने निर्णय गरेको खण्डमा अब असार १ गतेदेखि लकडाउन केवल सामाजिक दुरी कायम गर्ने, सभा सम्मेलन, भोज जस्ता कार्यक्रम नगर्ने र शैक्षिक संस्था सञ्चालन नगर्ने हदसम्म मात्र कायम रहनेछ।