भारत गएका सुरेन्द्र ‘केटी’ बनेर फर्किंदा गाउँलेदेखि प्रहरी सवै चकित

काठमाडौं। कञ्चनपुरको कृष्णपुर नगरपालिका– १ दोमिल्लाका १७ वर्षे सुरेन्द्र माल २०७१ सालमा १२ कक्षा पढेर बुवासँगै भारत गए । भारतमा कम्प्युटर सिकेर उज्ज्वल भविष्य बनाउने उनको सपना थियो ।

जिन्दगीमा सधैं सोचेजस्तो कहाँ हुन्छ ? ५ वर्षपछि घर फर्किंदा उनी ‘केटी’ प्रियंका बनेकी छन् । गाउँले अचम्ममा परेका छन् भने प्रहरी कार्यालयमा उजुरी परेको छ ।

भारतमा सवारी चालकको काम गर्ने बुवा जयराज मालले उनलाई उत्तराखण्डको हरिद्वारमा कम्प्युटर सिकाउन इन्स्टिच्यूटमा भर्ना गर्दिनुका साथै सानोतिनो जागिर समेत दिलाएका थिए । बुवा जयराज देहरादून चल्ने गाडी चलाउने भएकाले सधैं सुरेन्द्रसँगै हुँदैन्थे । सुरेन्द्रले ६ महिनासम्म कम्प्युटर सिके, बुवा कहिलेकाहीँ आउने–जाने गर्थे ।

‘को–को आएर बढी तलब दिन्छु भनेर छोरा सुरेन्द्रलाई लगेर गएछन्,’ बुवा जयराजले लोकान्तरसँग भने, ‘भारतको जम्मुकस्मिर पुर्‍याएछन्, तेस्रोलिङ्गीहरूको समूहले त्यहाँ पुर्‍याएर बन्दी बनाएको थाहा पाएपछि २०७२ सालमा चिनेजानेका एक जनाले घर फिर्ता ल्याएका थिए ।’

घर पुगेका सुरेन्द्र पछि फेरि भारत गएको र आफू भारतमै चालकको काम गर्ने भएकाले थाहा नपाएको बुवा जयराजले बताए । दोस्रोपल्ट भारत गएका सुरेन्द्र घरपरिवारको नियमित सम्पर्कमा थिएनन् ।

एक्कासि यही असार महिनामा सुरेन्द्र केटीजस्तै देखिने ‘प्रियंका’ भएर कृष्णपुरको दोमिल्लास्थित घर फर्किए । सँगै आए भारतीय मुस्लिम नागरिक, नइम ।

बुवा जयराजका अनुसार सुरेन्द्र अहिले २२ वर्षका भए, तर उनी सुरेन्द्र होइन, प्रियंका बनेका छन् । पुरा पढ्नुहोस