मनकारी नेपाल आईडल २ का बिजेता रवि ओडले एक्कासि गरे यस्तो निर्णय

नेपालगन्ज। नेपाल आइडल २ का विजेता रवि ओड नेपालगन्ज आउने भएका छन्।दुबै मृगौला फेलियर भएका हेमन्त सिंह ठकुरीको सहयोगार्थमा आयोजना गर्न लागिएको सांस्कृतिक कार्यक्रममा सहभागी हुन २० असारमा गायक ओड नेपालगन्जमा आउन लागेका हुन्।

उनले कार्यक्रममा कम्तीमा पनि ५ वटा गीत गाउनेछन्। ‘उनले गीत गाएवापत कुनै शुल्क लिने छैनन्। मृगौला पीडितको लागि निःशुल्क गाउन आउन लागेका हुन्,’ हेमन्त बचाउ अभियानका संयोजक आशिष मल्ल ठकुरीले मंगलबार नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘हामीले काठमाडौंबाट नेपालगन्ज आउने र जाने टिकट र होटलको व्यवस्था गरेका छौं । सहयोग जुटाउने अभियानमा उहाँ निःशुल्क गीत गाएर सहयोग गर्नुहुनेछ।’

कार्यक्रममा ओडका साथै लोक गायिका निर्मला थापा मगर, पप गायक÷गायिक विशाल निरौला र उमा गुरुङ भट्टराई, डान्सर मेघना मगरको प्रस्तुती रहनेछ। सल्यान जिल्लाको बानगाड कुपुण्डे नगरपालिका ७ घर भएका हेमन्त सिंह ठकुरीको विगत ८ महिनादेखि दुबै मृगौलाले काम गर्न छोडेको छ। घरको आर्थिक अवस्था कमजोर ठकुरी अहिले कोहलपुर-१ कौशिलानगरमा दिदीको घरमा बसेर डायलोसिस गरिरहेका छन्।