
काठमाडौं। कुनै समय बाटै बाटो गीत गाउँदै आर्थिक संकलन गर्दै हिड्ने अवोध बालक आज चर्चित सेलिब्रेटी बनेका छन् । ती अरु कोही होईनन् अशोक दर्जी हुन् । मन बिनाको धन ठुलो की गीत गाएर रातारात चर्चित बनेका अशोक दर्जी लाई संगितकार टंक बुढाथोकीले साहरा र संरक्षण दिएपछि उनी जीवन नै फेरिएको छ ।
पछिल्लो पटक चौरीको चाम्रो छुर्पी गीत गाएका अशोक दर्जीले आज महामहिम राष्ट्रपति बिद्यादेवी भण्डारीसंग भेट गरेका छन् । अशोक , टंक बुढाथोकी , टंक बुढाथोकी , डिजे रुपक लगायत राष्ट्रपतिलाई भेटन शितलनिवास पुगेका हुन् ।
वास्तवमा अशोकको बारेमा चर्चा सुनेकै कारण राष्ट्रपति भवनबाट फोन आएपछि यो टिम राष्ट्रपति भवन पुगेका हुन् । यसअघि यषे टिमले प्रधानमन्त्री केपी शर्मा ओलीसंग पनि भेट गरिसकेको छ । टंकका अनुसार अशोक दर्जीको गीत राष्ट्रपतिले सुनिसकेपछि पहिले देखि नै भेटन खोजिरहनु भएकोमा अहिले भने फोन आएपछि राष्ट्रपति भवन पुगेको बताए ।
अशोकले राष्ट्रपतिलाई भेटेपछि आफनै आमा जस्तो लागेको बताउँदै उनले राष्ट्रपतिले दशैँमा टिका थाप्न बोलाउँनु भएको बताए । अशोकले राष्ट्रपतिलाई आफनो गीतहरु गाएर पनि सुनाएको बताए । टंकले राष्ट्रपतिसंग भेट गरेपछि थप हौसला र उर्जा मिलेको बताउँछन् ।