यी डाक्टर जसले पहिले प्रेमिकाको हत्या गरे, त्यसपछि आत्महत्या गरे

एजेन्सी। एक व्यक्तिले पूर्व प्रेमिकाको हत्या गरी लाशलाइ सुटकेसमा कोचेर कारमा राखे । हत्यापछि आफ्नो कारलाई द्रुत गतिमा चलाएर दुर्घटना गराएर आत्महत्या गरे । घटना मार्चको पहिलो हप्तामा अष्ट्रेलियाको सिड्नीमा भएको थियो ।

घटनामा ३२ वर्षीया दन्त चिकित्सक प्रिती रेड्डीको शव सुटकेशमा फेला परेको थियो । भारतीय मूलकी उनीमाथि धेरै ठाउँमा छुरा प्रहार भएको भेटिएको छ । घटनामा उनकै पूर्व प्रेमी हर्ष नरडे संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लाग्यो । हर्ष पनि चिकित्सक हुन् । दुवै कुनै समय प्रेममा थिए।

प्रिती घर नफर्किएपछि उनको खोजी गर्न परिवारले प्रहरीमा उजूरी गरेको थियो । हर्षको कारमा शव सुटकेशमा फेला परेको थियो । हर्षले कार दुर्घटनामा आफैलाई पनि सक्याए । राजमार्गमा कार दुर्घटना गराए । हर्ष प्रितीको प्रेममा पागल जस्तै थिए । उनी प्रितीलाई छाड्नै नसक्ने भए । प्रेमपागल बनेर पूर्व प्रमिकाको हत्या गरे ।