
एजेन्सी । इन्डियन आइडलका निर्णायक अनु मलिक रियालिटी शोबाट विदा भएका छन् । भारतीय सञ्चार माध्यमहरुले ‘मि टू’ आरोप लागेका कारण उनले सो रियालिटी शोबाट विदा लिनुपरेको बताएका छन् । पछिल्लो समय म्युजिक डाइरेक्टरको रुपमा प्रभावशाली अनुमाथि यौन शोषणको आरोप थियो । उनले सो आरोपको खण्डन समेत गरेका छन् ।
पछिल्लो महिना मात्रै उनी इन्डियन आइडलको ११ एपिसोडमा ‘जज’ रहने चर्चा थियो । तर हालै उनी च्यानलबाट बाहिरिएको भारतीय संचारमाध्यमले जनाएका छन् ।
अनुले भने यसबारे टिप्पणी गर्न नचाहेको बताएका छन् । आफू हाल म्युजिकल पोजेक्टमा व्यस्त रहेको भन्दै यसबारे एक–दुई हप्ताभित्र धारणा सार्वजनिक गर्ने प्रतिक्रिया दिएका छन् ।