कोपा अमेरिका :अर्जेन्टिनाविरुद्ध ब्राजिलको पहिलो गोल

काठमाडौं। ब्राजिलमा जारी कोपा अमेरिका फुटबल प्रतियोगिता अन्तर्गत अहिले सेमिफाइनलको खेलमा ब्राजिल र अर्जेन्टिना प्रतिस्पर्धा गरिरहेका छन् ।

नेपाली समयअनुसार बिहान सवा छ बजे खेल सुरु भएको हो । खेलको २० औं मिनेटमा ब्राजिलका गागिाब्रिएल जेसुसले गोल गरी ब्राजिललाई अग्रता दिलाएका हुन्

क्वाटर फाइनलमा अर्जेन्टिनाले भेनेजुएलालाई र ब्राजिलले पाराग्वेलाई परजित गरी सेमिफाइनलमा स्थान बनाएका थिए । आजको विजेता टोलीले भोली हुने चिली र पेरुबीचको विजेतासँग उवाधिका लागि भिड्ने छन् ।

अर्जेन्टिना कोपा अमेरिकाको दोस्रो सफल टोली हो । सर्वाधिक सफल टेली उरुग्वेले १५ उपाधि जित्दा अर्जेन्टिनाले १४ उपाधि जितेको छ । ब्राजिले ८ पटक उपाधि जितेको छ ।