अर्जेन्टिनालाई ०-२ ले हराउँदै ब्राजिल फाइनलमा, भिडियो हाईलाइट्स हेर्नुहोस

एजेन्सी। यसअघिको उपविजेता टोली अर्जेन्टिनालाई हराउँदै ब्राजिल कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ । बुधबार बिहान भएको खेलमा मेसीको कप्तानीमा रहेको अर्जेन्टिनलाई २–० ले पराजित गरी ब्राजिल फाइनलम पुगेको हो।

ब्राजिलको जितका लागि १९ औं मिनेटमा गाब्रिएल जेसुसले गोल गरेका हुन् भने दोस्रो गोल ७१ औं मिनेटमा रोबेर्टाे फर्मिनोले गरेका हुन् । प्रतिस्पर्धात्मक खेलमा अर्जेन्टिनाले ब्राजिलविरुद्ध केही गोलका अवसर सिर्जना गरेपनि गोल गर्न नसक्दा ब्राजिललाई नतिजा सुम्पिन बाध्य भयो । ब्राजिलले अब उपाधिका लागि बिहीबार हुने अर्काे सेमिफाइनल खेलमा चिली र पेरुबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

अर्जेन्टिना कोपा अमेरिकाको दोस्रो सफल टोली हो । सर्वाधिक सफल टेली उरुग्वेले १५ उपाधि जित्दा अर्जेन्टिनाले १४ उपाधि जितेको छ । ब्राजिले ८ पटक उपाधि जितेको छ ।