अध्यक्ष प्रचण्डद्वारा ओली सम्मानीत

काठमाडौं । प्रकाश दाहाल फाउण्डेसनले मंगलबार काठमाडौंमा आयोजना गरेको प्रकाश दाहाल ३८ औं जन्मजयन्ती एवं सम्मान समारोहमा सानीभेरी गाउँपालिका ७ का पुर्व लडाकु धर्म बहादुर ओलीलाई सम्मान गरेको छ । उपचार खर्च स्वरुप रु १ लाख रुपैयाँ हस्तान्तरण गर्दै ओलीलाई सम्मान गरेको हो । कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याउने अन्य ५ जनालाई पनि सम्मान गरिएको थियो।

मंसिर देखि पेनिस क्यान्सर जस्तो भयानक रोगबाट ग्रसित धर्म ओलीलाई सिधान्युज डटकम र नयाँबाटो डटकम मार्फत समाजसेवी ऋषिराम खड्काले मिडियामा ल्याउनु भएको थियो । अहिले सबैतिरबाट केहि सहयोग जुटेपनि अझैँ उपचार खर्च नपुगेर आर्थिक सहयोगको याचना धर्मकी श्रीमती आशा रोकाले गर्नुभएको छ ।

करिब दुई वर्ष अघि अल्पायुमै निधन भएका प्रचण्डका एक मात्र सुपुत्र प्रकाश दाहालको मृत्युले प्रचण्ड परिवारमा निकै दुख छाएको थियो । देश चुनाबमय बनेको बेला भएको प्रकाशको अप्रत्यासित मृत्युले थुप्रै आशंका पैदा गरेपनि डाक्टरले प्रकाशको मृत्यु हार्टअटयाक बाट भएको पुष्टि गरेका थिए ।