
एजेन्सी। युरोपेली मुलुक मोल्दोभामा प्रहरीको एक कुकुरले आँखामा पट्टी लगाएर दुईवटा डोरीमा सन्तुलन मिलाएर हिँडेको भिडियो भाइरल भएको छ ।
कुकुरको नाम लकी हो र यो चिसिनाउ सीमा प्रहरीको हो । भिडियोमा लकीले दुईवटा डोरीमा खुट्टा अड्याएर हिँडेको देखिन्छ । उसलाई प्रहरी अधिकृत गेनाडी रोतारुले प्रशिक्षण दिएका हुन् ।
मुखमा डोरी राखेर कुकुरले चारै खुट्टा प्रयोग गरेर टाइटरोपमा हिँडेको देखिन्छ । यो कुकुरले मोल्दोभाको राष्ट्रिय नाचघरमा पनि प्रदर्शन गर्ने गरेको बताइएको छ । धेरैजनाले कुकुरको तगडा फूटवर्कको प्रशंसा गरेका छन् ।
भिडियो हेर्नुहोस: