काठमाडौं, ललितपुर र भक्तपुर उच्च जोखिममा, बढ्न थाल्यो कोरोना संक्रमण

काठमाडौं । काठमाडौं उपत्यकामा पनि कोरोनाभाइरस संक्रमण बढ्न थालेको छ । लकडाउन खुकुलो बनाएसँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्न थालेको हो।

बिहीबार काठमाडौं उपत्यकाको भक्तपुरमा ३ जना, काठमाडौंमा २ जना र ललितपुरमा १ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यसअघि असार १ गते मन्त्रालयले काठमाडौंमा ४ जना र ललितपुरमा १ जनामा कोरोना संक्रमण भएको जानकारी दिएको थियो।