आईफा अवार्ड नेपालमा नहुने

काठमाडौ। चौतर्फी विरोधपछि सरकारले आईफा अवार्ड नेपालमा नगर्ने भएको छ ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले आईफा अवार्ड नहुने लगभग निश्चित भएको बताए । उनले औपचारिक निर्णय हुन बाँकी रहेको उल्लेख गरे ।

संसदीय समितिले मंगलबार सो आवार्ड कार्यक्रम नगर्न सरकारलाई निर्देशन दिएको थियो ।