एसइइको नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि जारी

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइइ) कक्षा १० ‘विद्यार्थी नतिजा, प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७’ जारी गरेको छ।

कोरोना महामा’रीका कारण बन्दाबन्दी जारीपछि स्थगित गत वर्षको उक्त परीक्षालाई सम्बन्धित विद्यालयको आन्तरिक मूल्याङ्कनलाई आधार बनाई ततिजा प्रकाशन गर्न बोर्डले सो कार्यविधि जारी गरेको हो । विद्यार्थीको अन्तिम मूल्याङ्कनका लागि सम्बन्धित प्रधानाध्यापकको संयोजकत्वमा समिति गठन गर्ने र परीक्षाफल प्रकाशन नगरेसम्म गोप्य राख्नुपर्ने कार्यविधिमा उल्लेख छ । यसरी मूल्याङ्कन गर्दा संवत् २०७६ को कूल पूर्णङ्कको सैद्धान्तिक र प्रयोगात्मक गरी पहिलो त्रैमासिकको १०, दोस्रोको ३० र तेस्रो त्रैमासिक परीक्षाको ६० प्रतिशत अङ्कभार दिइ ग्रेड निर्धारण गर्नुपर्नेछ । मन्त्रिपरिषद्को गत जेठ २८ को बैठकले गत वर्षको अन्तिम मूल्याङ्कनका आधारमा नतिजा प्रकाशन गर्ने निर्णय गरेको थियो।

कार्यविधिमा स्थानीय तहको सहजीकरणमा जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइले विद्यालयका त्यस्ता मूल्याङकन विवरणलाई सङ्कलन गरी सक्कल प्रति परीक्षा नियन्त्रण कार्यालयलाई पठाउन भनिएको छ । कार्यविधिमा समय तालिका भने खुलाइएको छैन ।गत वर्षको कक्षा १० को एसइई परीक्षाका लागि चार लाख ८२ हजार २१९ विद्यार्थीले आवेदन दिएका थिए भने एक हजार नौ सय ९५ परीक्षा केन्द्र निर्धारण गरिएका थिए।

यो पनि पढ्नुस …

हराएर माया मारेको चिज पाउँदा कसलाई खुशी लाग्दैन । आज काठमाडौँमा ३० जना मोटरसाइकल धनी त्यस्तै खुशी देखिनुभयो । हराएको मोटरसाइकल पाउला भन्ने उहाँहरुलाई कति पनि थिएन, तर फेला परेपछि उहाँहरुमा खुशीको सीमा रहेन ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले कार्यालयमा परेको उजुरीको आधारमा खोजी अभियान चलाउँदा बन्दाबन्दीको अवधिमा मात्रै ३० मोटरसाइकल फेला पा¥यो । भेटिएका मोटरसाइकल आवश्यक कानूनी प्रक्रिया पूरा गरेर आज महाशाखाले सम्बन्धित धनीलाई जिम्मा लगाएको छ ।

कतिको पार्किङ् गरेको केही मिनेटमा मोटरसाइकल हराएको थियो भने कसैको राति राखेको ठाउँबाट मोटरसाइकल हराएको थियो । त्यसरी मोटरसाइकल हराउनेमा नेपाली सेनाका जवान अन्तप्रसाद श्रेष्ठ पनि एक हुनुहुन्छ । केशरमहलस्थित राहदानी विभागमा कार्यस्थलमा खटिँदा गत पुस १३ गते उहाँको पार्किङमा राखिएको मोटरसाइकल हराएको थियो ।

श्रेष्ठलाई मोटरसाइकल के भेटिएला र भन्ने लागेको थियो । प्रहरीले दरबारमार्गबाट मोटरसाइकल फेला पा¥यो । आज महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट भरपाइ गरेर मोटरसाइकल बुझ्दै गर्दा श्रेष्ठले भन्नुभयो, “हराएको मोटरसाइकल सकुशल पाउँदा औधी खुशी छु ।”

आशिष साउदको गत पुस २७ गते कीर्तिपुरबाट हराएको मोटरसाइकल पनि बन्दाबन्दीकै समयमा महाशाखाको टोलीले धापाखेलमा फेला पारेर ल्याएको छ । हराएको मोटरसाइकल पाउँदा उहाँ पनि खुशी देखिनुभयो ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले कोभिड–१९ रोक्न सरकारले जारी गरेको आदेश बन्दाबन्दीलाई पूर्ण कार्यान्वयन गर्ने जिम्मेवारी हुँदाहुँदै पनि चोरी ट्राफिक नियम उल्लङ्घनविरुद्ध छुट्टै टोली परिचालन गरिएको बताउनुभयो । बन्दाबन्दीमा चलाइएको चोरी नियन्त्रण अभियानका क्रममा मात्रै ती मोटरसाइकल फेला पारेर धनीलाई बुझाइएको उहाँले बताउनुभयो । उहाँले यसरी चोरी हुनसक्ने भएकाले आफ्नो मोटरससाइकल सुरक्षित रुपमा राख्नसमेत उहाँले आग्रह गर्नुभएको छ ।

आव २०७६÷७७ मा महाशाखाले चोरी भएको ३०८ मोटरसाइकल फेला पारेर धनीलाई बुझाएको छ । चोरीमा संलग्न ३६ जनालाई पक्राउ गरी कानूनी दायरामा ल्याइएको उहाँले जानकारी दिनुभयो ।