आखिर कहिलेसम्म भारतको सीमा रक्षा गर्न पनि नेपाली नै म’र्नुपर्ने ?

काठमाडौं। पाकिस्तानी सेनाले राजौरीको नौशेरा क्षेत्रको कठुआमा गरेको गो’लाबा’रीमा गोर्खा राइफल्समा कार्यरत एक नेपालीको मृ’त्यु भएको छ।

कन्ट्रोल लाइन (एलओसी) छेउमा गो’ली प्र’हार हुँदा गुम्मी तम्घासका दिपक कार्कीको मृ’त्यु भएको हो। भारतीय सरकारका अनुसार अन्तर्राष्ट्रिय सीमा (आईबी) नजिक पाकिस्तानी सेनाले अ’न्धा’धुन्ध गो’ली चलाउँदा डिउटिमा खटिएका कार्कीको मृ’त्यु भएको हो।

भारतीय एक अधिकारीले भने,‘ पाकिस्तानले बिहान साढे ३ बजे नौशेरामा गो’ली चलाएका थिए भने कृष्ण घा’टीमा मोर्टार गो’ली प्र’हार गरेका थिए। यसपछि उनीहरुले पुनः गो’लीबारी शुरू गरेका थिए। यसमा नौशेराका एक जवान गम्भी’र घाइ’ते भए र उनको उपचारको क्रममा मृ’त्यु भयो।’

कठुआ जिल्लाको हीरानगर सेक्टरको करोलमात्राई क्षेत्रमा पाकिस्तानी सेनाले बिहान १ बजेतिर गो’लीबारी गरेका थिए जुन बिहान साढे ३ बजेसम्म चलेको थियो।

यस महिना मात्रै पुछं र राजौरीको क्षेत्रमा गो’लीबारीमा परि मा’रिने सैनिकको संख्या ४ पुगेको छ। ४ र १० जूनमा राजौरीमा दुई सैनिक मा’रिएका थिए। यसपछि १४ जूनमा पुंछ जिल्लामा एक सिपाही श’हीद भए। १० जूनसम्म जम्मू–कश्मिरमा पाकिस्तानी सेनाले २ हजार २७ चोटि गो’ली चलाएका छन्। आखिर कहिलेसम्म भारतको सीमा रक्षा गर्न पनि नेपाली नै मर्नुपर्ने ?