सन्दिपको मूल्य एक करोड

काठमाडौं। नेपालमा चर्चित क्रिकेट खलाडी सन्दिप लामिछानेको मूल्य एक करोड पुगेको छ । सिजन क्यारेबियन प्रिमियर लिग (सिपिएल)मा आज बुधबार हुन लागेको खेलाडी छनोटको ड्राफ्टमा सन्दिप लामिछानेले मूल्य एक करोड तोकेका हुन्।

आज हुने खेलाडी छनोटको ड्राफ्टमा सन्दिप लामिछानेले पनि नाम दर्ता गराएका छन्। ड्राफ्टको लागि सन्दिपले ९० हजार अमेरिकी डलर अर्थात १ करोड ८ लाख ५७ हजार रुपैया तोकेका छन्। यस ड्राफ्टमा नाम दर्ता गर्ने महँगा खोलाडीमा सन्दिप चौथोमा पर्छन्।

सिपिएलका लागि विभिन्न २३ देशका ५ सय ३७ जना खेलाडीले नाम दर्ता गराएका छन्। ड्राफ्टमा महँगो मूल्य राख्नेमा पाकिस्तानका पूर्वकप्तान साहिद अफ्रिदीले १ लाख ६० हजार अमेरिकी डलर राखेका छन्।