भ्र’ष्टाचारका चाङ् छन्, का’रबाही चाहिँ घरबेटीलाई ?

  • नारायण गाउँले

चैत महिनाको घरभाड़ा लिनेलाई का’रबाही गरिने !

-अनि चैत महिनामा तलब र यातायात भत्ता लिने सांसदलाई ?

-चैत महिनाको कर उठाउने सरकारलाई ?

-चैत महिनामा पढाउँदै नपढ़ाई शुल्क लिने विद्यालयलाई ?

-विद्यालय नचले पनि शिक्षकलाई तलब दिने स्कुलसँग चैतको ब्याज उठाउने ब्याङ्कलाई ?

-लकडाउन उल्लङ्घन गर्दै मान्छे ‘उठाउन’ तराई झर्ने सांसदलाई ?

-चीनबाट उद्धार गरिएका विद्यार्थीको नाममा लाखौंको फर्जी औ’षधि-बिल पेश गरेर पैसा खानेलाई ?

-४० रुपियाँमा सरकार आफैले किन्न सक्ने सामानलाई २४० रुपियाँ लिने ओम्नीलाई ?

-ओम्नीलाई कारबाही गर्छु भन्ने र त्यो भन्दा सस्तोमा सामान किन्ने स्वास्थ्य सेवा विभागका महानिर्देशकलाई उल्टै सरूवा गर्नेलाई ?

-दानमा आएका सबै मेसिन र पिसिआर किट्सले काम गर्ने तर करोडौंमा किनेका महँगा किट्सले काम नगर्ने अनौठो कथाका कथाकारहरूलाई?

-क्वारेन्टीनमा प्रतिव्यक्ति तीन हजारभन्दा बढ़ी खर्च देखाएर फाटेको प्लास्टिकमा भात पोको पारेर खुवाउनेलाई ?

-या उद्धारको नाममा विदेशम फसेका नागरिकसँग तीन गुना बढ़ी हवाइ भाडा उठाउनेलाई ?

घरधनीले जागीर दिने होइन, बस्न दिने हो । बसेको शुल्क लिने हो । कम्तिमा उसले त सेवा दिएर शुल्क लिएको छ । सेवा रोकेर पनि शुल्क उठाउने कैयौं व्यवसाय छन् देशमा । भ्रष्टाचारका चाङ् छन् । कारबाही चाहिँ घरबेटीलाई ? सरकारको राहत भनेको ‘कारबाही’ मात्रै ?