
इपिएस परीक्षामा पास हुनेको सीप परीक्षण आउँदो भदौमा
काठमाडौं । कोरियन भाषा परीक्षा अन्तर्गत भाषा परीक्षामा पास भएकाहरुको आउँदो भदौ ४ गतेदेखि १८ गतेसम्म सीप परीक्षण हुने भएको छ ।
भाषा परीक्षामा पास भएका परीक्षार्थीले सीप परीक्षणका लागि असार २० गतेदेखि २९ गतेसम्म रजिस्ट्रेसन फारम भर्नुपर्ने ईपीएस कोरिया शाखाले जनाएको छ । सीप परीक्षण हुने स्थान भने साउन २९ गते तोकिने छ ।
सीप परीक्षणबाट कृषितर्फ २ हजार र औद्योगिक क्षेत्रमा ४७ सय जना छनोट हुनेछन् । दक्षिण कोरिया जानका लागि कोरियन भाषा परीक्षामा १२ हजार ९ जना परीक्षार्थी उत्तीर्ण भएका छन् ।
जसमध्ये कोरियाको मानव संशाधन केन्द्रले ६ हजार ७ सय श्रमिकको मात्र दर्ता गर्ने जानकारी गराएको ईपीएस शाखाले जानएको छ ।