
काठमाडौं। यतिबेला राजधानी काठमाडौं र यस आसपासका क्षेत्रमा मुसलधारे वर्षा भइरहेको छ, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान शाखाका अनुसार अहिले काठमाडौँ उपत्यका, धदिङ्ग, नुवाकोट , गोर्खा लगायत आसपासका स्थानहरुमा मेघ गर्जन भइरहेको छ । यस्तै पोखरा लगायत आसपासका स्थानहरुमा पनि वर्षा भइरहेको छ।
मौसम पूर्वानुमान शाखाका अनुसार बिहीबार राति देशभर सामान्य बदली भई पश्चिमी क्षेत्रका केहि स्थानहरुमा तथा पूर्व तथा मध्यका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। पश्चिमी पहाडी भेगका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको देखिन्छ रहेको छ ।
यस्तै शुक्रवार दिउँसो देशभर सामान्य बदलि भई केहि भू–भागमा हल्कादेखि मध्ययम वर्षाको सम्भावना रहेको छ। शाखाका अनुसार शुक्रबार राति देशभर सामान्य बदलि भई केहि भू–भागमा हल्कादेखि मध्ययम वर्षाको सम्भावना रहेको छ। देशको पश्चिमी र मध्यका एक वा दुर्इ स्थानमा भारी वर्षाको संभावना रहेको छ।
यस्तै शनिवार दिउँसो देशभर आंशिकदेखि सामान्य बदलि भई थोरै भू–भागमा हल्कादेखि मध्ययम वर्षाको सम्भावना रहेको छ। राति देशभर सामान्य बदलि भई केहि भू–भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।