‘कार्ड घाँटीमा झुण्ड्याउँदैमा भाइरस नसर्ने औ’षधि विकास भएको छैन’

काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘कोरोना रिमुभिङ कार्ड’ मा प्रयोग भएको रसायनहरुले मुटु, कलेजोमा गम्भीर असर गर्ने बताएको छ।

कोरोना सङ्क्रमण रोक्न/नियन्त्र’णको लागि आहिलेसम्म कुनै पनि औ’षधिको विकास नभएको भन्दै मन्त्रालयले भ्र’म नफैलाउनसमेत आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले ‘कोरोना रिमुभिङ कार्ड’ नामक कार्डमा प्रयोग भएको रसायनले मुटु, कलेजो र फोक्सोमा गम्भीर असर गर्ने बताउनुभयो । उहाँले कसैको भ्रममा परि यसको प्रयोग नगर्नसमेत आग्रह गर्नुभयो । संवेदनशील घडीमा जनतालाई बहकाएर व्यक्तिगत स्वार्थपूर्तिको लागि काम गर्ने व्यक्तिहरुलाई कारबााहीको दायराम ल्याउन पनि मन्त्रालयले आग्रह गरेको छ।

कोरोना नियन्त्रणको लागि अहिलेसम्म कुनै औषधि नबनेको उल्लेख गर्दै मन्त्रालयले कोरोनाको नममा भ्रम नछर्न आग्रह गरेका छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठकमा सहभागी नेताहरुले भाइरस सङ्क्रमणबाट बच्न भन्दै ‘भाइरस रिमुभिङ कार्ड’ झुण्ड्याइएको विषयमा मन्त्रालयले ध्यानाकर्षण भएको जनाउँदै यस्तो आग्रह गरेको जनाएको छ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. गौतमले कार्ड घाँटीमा झुण्ड्याउँदैमा भाइरस नसर्ने कुनै विधि र प्रक्रिया सुरु नभएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘अहिलेसम्म कुनै पनि यस किसिमको कार्ड पत्ता लागेको छैन । यस किसिमको विधि र प्रक्रिा सुरु नै भएको छैन । यदि यस्तो भएको भए संसारभरि नै यस्तो अवस्था आउने थिएन होला । यस्ता विधि प्रभावकारी पाइएमा मन्त्रालयमा दर्ता भएर प्रक्रिया अनुसार सरकारले नै वितरण गर्नेछ।’

सङ्कटको अवस्थामा समाजमा भएका केही व्यक्तिले भ्रम फैलाउन अवसर फर्खिने गरेको उहाँले बताउनुभयो । भाइरस नसर्ने नाममा कार्ड बनाउने वा विदेशबाट ल्याएर बजारमा वितरण तथा प्रतिष्ठित व्यक्तिको गालामा झुण्ड्याएर प्रचार गर्ने कार्यप्रति मन्त्रालयले आफ्नो ध्यानाकर्षण भएको समेत जनाएको छ । नेकपा स्थायी कमिटी सदस्यहरुले शुक्रबार बैठकमा सहभागिता जनाउँदा ‘कोरोना रिमुभिङ कार्ड’ गालामा झुण्ड्याएका थिए । सामाजिक सञ्जालमा समेत सो कुराको चर्को आलोचना भइरहेको छ।