महाकाली सन्धि राष्ट्रहित विपरित भनेपछि वामदेव गौतमलाई का’रबाही

  • राजेन्द्र बस्याल

काठमाडौं। भारतसँगको सीमा विवादसँगै महाकाली सन्धि र यसबाट उत्पन्न विभिन्न घट’ना र सन्दर्भहरु फेरि सतहमा आउन थालेको छ । कांग्रेस र तत्कालीन एमालेको पहलमा २०५२ साल माघ २९ गते नयाँदिल्लीमा नेपाल र भारत सरकारबीच विवा’दास्पद महाकाली सन्धि भएको थियो।

शारदा बाँध, टनकपुर बाँध र पञ्चेश्वर बहुउद्देश्यीय परियोजनालाई एकीकृत रूपमा विकास गर्ने गरी भएको भनिएको सो द्विदेशीय यो सम्झौता अहिले पनि विवादास्पद बनिरहेको छ । पछिल्ला वर्ष भारतले लिम्पियाधुरा, कालापानी र लिपुलेकमाथि कब्जा जमाइरहँदा पनि सो सन्धि मुलुकको अहितमा रहेको बताइन थालेको छ।

तर, महाकाली सन्धिको विरोध गर्दा तत्कालीन अवस्थामा नेकपा एमालेका नेता वामदेव गौतम कार’बाहीमा परेका थिए । महाकाली सन्धिको पक्षमा तत्कालीन एमाले महासचिव माधवकुमार नेपाल, केपी शर्मा ओलीलगायतका नेताहरु रहँदा गौतम विपक्षीमा थिए।

आफूले सुरुदेखि नै महासन्धि राष्ट्रहित विपरीत रहेका बताउँदै आएको भन्दै जारी नेकपा स्थायी समितिको बैठकमा उपाध्यक्ष गौतमले आफूमाथि गरिएको का’रबाहीबारे पार्टीले क्षमा याचना गर्नुपर्ने माग गरेका छन्।

तत्कालीन एमालेभित्र महाकाली सन्धि राष्ट्रहित विपरीत रहेको बताएपछि गौतमलाई पार्टीले कारबाही गरेको थियो । तत्कालीन महासचिव माधवकुमार नेपालले गौतमलाई कारबाही गरेपछि २०५४सालमा गौतमले एमाले फुटाएर नयाँ पार्टी नेकपा माले गठन गरेका थिए।

गौतमले भनेजस्तै महाकाली सन्धिको राष्ट्र हितमा नरहेको पुष्टि हुँदै गएको छ भने उनले राष्ट्रहित विपरीत सम्झौता गर्ने दलमा बस्नु अनुचित ठानेर पार्टी नै फुटाएर नेकपा माले गठन गर्नुको औचित्य पनि पुष्टि भएको छ।

भलै अहिले गौतम तथा तत्कालीन एमालेका नेताहरु एउटै पार्टी नेकपामा छन् । सोही नेकपाको स्थायी समिति बैठकमा नेता गौतमले तत्कालीन एमालेभित्र आफूले जायज कुरा उठाउँदा आफूमाथि अन्याय गरिएको भन्दै अहिले नेतृत्वले क्षमा माग्नुपर्ने माग गरेका हुन्।