वामदेव गौतमको प्रस्ताव : नेपाल-भारत खुला सीमा बन्द गरौं, दुवैतर्फ ५ मिटर अग्ला पर्खाल लगाउँ

काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमले नेपाल र भारतबीच सदियौंदेखि रहँदै आएको खुला सीमा बन्द गरी प्रवेशाज्ञा प्रणाली लागु गर्नुपर्ने बताएका छन्।  उनले त्यस्तो प्रवेशाज्ञा भने निःशुल्क उपलब्ध गराउनु पर्ने धारणा राखेका छन्।

‘सिमानामा दुवै राष्ट्रको हितका निम्ति दशगजाको दुवैतर्फ ५ मिटर अग्ला पर्खाल लगाउनु पर्छ,’ नेता वामदेव गौतमको सचिवालयद्वारा गौतमको धारणा भनी आइतबार जारी गरिएको वक्तव्यमा भनिएको छ।

गौतमले नेपालले दुवै छिमेकी राष्ट्रसँग रहेका कुनै पनि समस्या समाधान गर्न ‘युद्ध गर्ने त कुरै छाडौ कल्पना पनि गर्न सकिन्न’ भन्दै त्यस्ता सवै समस्या शान्तिवार्तावाट नै समाधान गर्नुपर्नेमा जाेड दिएका छन्।