सुनको मूल्य अहिलेसम्मकै उच्च, कायम गर्‍यो एतिहासिक रेकर्ड

काठमाडौं। आइतबार सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा पुगेर एतिहासिक रेकर्ड कायम भएको छ। शुक्रबार ९० हजार ६ सयमा कायम भएको सुन आज ७ सयले बढेको हो। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ७१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य घटबढ भएकोले नेपालमा पनि त्यसको असर परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ। आज चाँदीको मूल्य ९ सय ४५ रुपैयाँमा कायम छ। यो मूल्य शुक्रबारको तुलनामा ५ रुपैयाँले बढी हो।