मलेसियाबाट नेपाल जाने हवाई भाडा सस्तियो, मालिन्डो एयरले जुलाई २ र ३ तारिखमा नेपाल उडान गर्ने

क्वालालम्पुर । मलेसियाबाट नेपाल जाने हवाई टिकट केहि सस्ताे हुने भएकाे छ । मालिन्डो एयरले अब आरएम १५ सयमा मलेसियाबाट नेपाल चार्टर उडान भर्ने भएको छ । नेपाली राजदुतावास मलेसियाको पहलमा मालिन्डो एयरलाइन्स मलेसियाले आगामी जुलाई २ र ३ तारिखमा नेपाल उडान गर्ने भएको दुतावास स्रोतले जानकारी दिएको छ।

उक्त एयरलाइन्सले अन्य नेपाली एयरलाइन्सको तुलनामा करिब २ हजार ५ सय रुपैयाँ सस्तो गर्ने भएको छ । नेपालमा लक डाउन अगाडिसम्म नेपाली यात्रुहरूमाझ सस्ताे उडान भर्ने भनेर चिनिएकाे मालिन्दाे एयरले यसपटक पनि अन्य एयरलाईन्सकाे तुलनामा सस्ताे दरमा यात्रुलाई सेवा दिने भएकाे हो।

तस्तै नेपाली राजदूतावास मलेसियाले एक सुचना जारी गर्दै आगामी दिनमा हुने चार्टर उडानको मिति सार्वजनिक गरेको छ । यही जुन २९ तारिख नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्स चार्टर उडान हुनेछ भने ३० तारिख नेपाल एयरलाइन्सको चार्टर उडान हुनेछ।

सरकारले सुरूमा मलेसियाबाट नेपाल जानलाई आरएम २ हजार २२० तोकेको भनिएपनि त्यसको सर्बत्र बिराेध भएपछि घटाएर १५९० मा नेपाल एयरलाईन्स र हिमालयन एयरलाईन्सले चार्टर उडान गरिरहेका थिए । लकडाउन पछिकाे चार्टर उडान मार्फत हालसम्म मलेसियाबाट ९ सय २३ जना नेपाली स्वदेश फर्किएका छन।