ओलीजस्तो प्रधानमन्त्री पाउनु देश र हामी सबैको लागि सौभाग्यको कुरा हो, हटाउने सोच्नु पनि अप’राध हो, पाप लाग्छ

काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिराज्यमन्त्री मोतिलाल दुगडले अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नु वा हटाउनेबारे सोच्नु पनि अप’राध हुने र पाप लाग्ने टिप्पणी गरेका छन् । उनले भने, ‘अहिले प्रधानमन्त्रीको विकल्प सोच्नु वा हटाउनेबारे सोच्नु दो’ष हो, यो अप’राध हो। पाप लाग्छ।’

आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै राज्यमन्त्री दुगडले वर्तमान प्रधानमन्त्री ओलीले देश र जनताको हितमा एउटा संकल्प र अठोटका साथ काम गरिरहेको जिकिर गरे । ‘वर्तमान सरकार पारदर्शी छ, केपी ओलीजस्तो एउटा भिजनरी लिडर देशको प्रधानमन्त्री पाउनु देश र हामी नेपाली जनता सबैको लागि सौभाग्यको कुरा हो।’

उनले सरकारको वि’रोध गर्ने वा आलोचना गर्नेहरुले जे कुरामा पनि आलोचना गर्ने गरेको टिप्पणी गरे । उनले भने, ‘हेर्नुहोस, आलोचनामात्रै गर्ने काम भएकाहरुसँग त सरकारको बारेमा आलोचना गर्न फेहरिस्त नै हुन्छन् । सरकारले शतप्रतिशत सन्तुष्ट गर्न सक्दैन् । तर, देश र जनताको हितमा हामीले काम गरिरहेका छौं।’

मन्त्री दुगडले अहिलेको अवस्थामा प्रधानमन्त्री बदल्ने काम गर्न नहुने स्पष्ट पारे । उनले भने, ‘प्रधानमन्त्री बदल्ने काम दु’र्भाग्यपूर्ण हुन्छ । प्रधानमन्त्री, राष्ट्रपति वा मन्त्रीहरु बदलेर देश बन्दैन। प्रधानमन्त्री हट्दैमा देश बन्छ भनेर कसले ग्यारेन्टी लिन्छ ? क्वालिटीको काम गर्नुभएको छ। भ्र’ष्टाचार निर्मूल पार्छु भन्नुभएको छ । प्रमाणसहित आए उहाँले कारबाही गर्छु भनेर सार्वजनिक रुपमै प्रतिबद्धता जनाउनुभएको छ ।’

उनले प्रधानमन्त्री ओलीको विकल्प नभएको जिकिर गरे । उनले भने, ‘उहाँको नेतृत्वको वर्तमान सरकारले स्मुथ्ली काम गरिरहेको छ । यस्तो बेलामा सानातिना कुरामा अल्झिनु हुँदैन् ।’

वर्तमान प्रधानमन्त्री ओलीमा देश बनाउने संकल्प रहेको र सोहीअनुसार आफ्नो भूमिकामा खरो उत्रिररहेको पनि उनको भनाई छ । ‘नेपालको नयाँ नक्सा संसदबाट सर्वसम्मतीमा पारित गराउने कुरा हेर्नुहोस, उहाँले पूर्ण बहुमतले पारित गराउनुभयो, सबै दलको यसमा समर्थन रह्यो, यो आफैंमा ऐतिहासिक काम हो, उहाँ कसैसँगपनि ड’राउनुभएन, उहाँले दृढ संकल्प लिनुभयो ।’