परराष्ट्र तथा इतिहास मामलाका जानकारहरु भन्छन्: कालापानीमै भारत–चीन यु’द्ध हुनसक्छ’ (भिडियाे)

काठमाडौं। परराष्ट्र तथा इतिहास मामलाका जानकारहरुले भारत र चीन बीच गलवान घाँ’टीमा झ’ड’प भएजस्तै नेपाली भूमि कालापानीमा समेत झ’ड’प हुन सक्ने ख’तरा रहेको औंल्याएका छन्।

जनता टेलिभिजनको कार्यक्रम खुलामञ्चमा परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले गलवानमा दुई देशबीच झ’ड’प भएजस्तै कालापानीमा समेत यस्तो अवस्था दोहोरिन सक्ने भएकाले नेपाली भुमिबाट भारतीय सेना तत्काल फिर्ता पठाउनुपर्ने बताउनुभयो । नेपालले आफ्नो भूमि कुनैपनि छिमेकी मुलुकको वि’रुद्ध प्रयोग गर्न दिन मिल्दैन । अहिले नेपाली भूमि कालापानीमा भारतीय फौज अड्डा जमाएर बसेको छ, यसको अर्थ नेपाली भूमि चीन वि’रुद्ध प्रयोग भएको अवस्था हो । पूर्व राजदूतसमेत रहनुभएका श्रेष्ठले भन्नुभयो, ‘तसर्थ भारतले अब कालापानी कब्जा गरेर बस्न मिल्दैन।’

कार्यक्रममा इतिहास अन्वेषक प्राडा रमेश ढुंगेलले नेपाली भूमि लिम्पियाधुरा, लिपुलेख र कालापानी कब्जा गरेर बसेको भारत आफूसँग कुनै प्रमाण नभएका कारण नेपालसँगको वार्ताबाट भागिरहेको बताउनुभयो । नेपाली भूमि अतिक्रमण गरेको विषयमा भारतमै वौद्धिक वर्गले त्यहाँको सत्ताको आलोचना गर्न थालेको छ । यो अवस्थालाई मध्यनजर गर्दै नेपालले भारतलाई वार्तामा सहमत गराएर कालापानीबाट सेन फिर्ता गर्न बाध्य पार्नुपर्छ।