काठमाडौं आउँदै गरेको गाडी त्रिशूलीमा खस्यो

काठमाडौं। मुग्लिनबाट काठमाडौं आउँदै गरेको मालवाहाक गाडी त्रिशूलीमा खसेर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

शुक्रबार बिहान ५ः४५ बजे मुग्लिनबाट काठमाडौं जाँदै गरेको ना ७ ख ६७६५ नम्बरको इँटा बोकेको ट्रक पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–३ चुम्लिङटार नजिकैबाट त्रिशूली नदीमा खसेर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा एक जना घाइते भएका छन् । घाइतेको उद्धार गरी उपचारका लागि भरतपुर पठाइएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

प्रहरीका अनुसार घाइते र मृतक दुवैको परिचय खुलेको छैन । अहिले नदी किनारबाट मृतकको शवलाई बाहिर निकाल्ने प्रयास भइरहेको छ । थप विवरण आउन बाँकी ।