कंगना भन्छिन् – चिनियाँ सामान पूर्ण बहि’ष्कार गरेर मृ’तक सैनिकको सम्मान गरौं

एजेन्सी। बलिउडकी चर्चित अभिनेत्री हुन् कंगना रनौत । पछिल्लो समय उनी आफुले दिएको अभिव्यक्तिका कारण चर्चामा छिन् । केही समयअघि अभिनेता सुशान्तको निधनको बिषयलाई लिएर बोलेको अभिव्यक्तिका कारण पनि उनी चर्चामा आएकी थिइन्।

यस्तै हालै अभिनेत्री कंगनाले भारत र चीनबीच भएको सिमा वि’वादको बिषयलाई लिएर आफ्नो कुराहरु राखेकी छिन् । उनले आफ्ना सबै दर्शकलाई भारतमा आयात हुने सबै सामान बहिष्कार गर्न भनेकी छिन्।

उनले एक भिडियो सार्वजनिक गर्दै लद्दाखमा आफ्ना २० सैनिकको ज्या’न चिनियाँले लिएकोले चिनियाँ सामान पूर्ण बहि’ष्कार गरेर मृ’तक सैनिकको सम्मान गर्नुपर्ने बताएकी छिन्।

उनले भिडियोमा चाइनिज सामान बहि’ष्कार गरेर र स्वदेशी सामान प्रयोग गर्नु राष्ट्रबाद भएको बताएकी छिन् । भिडियोमा आफुले अहिले चिनियाँ सामान प्रयोग गर्न छोडेको पनि उनले बताएकी छिन्।