मोदी साधारण व्यक्ति होइनन्, मा’नसिक रो’गी हुन्ः पाकिस्तानी प्रधानमन्त्री इमरान खान

एजेन्सी। पाकिस्तानमा छापिने उर्दू पत्रिकामा यसहप्ता कोरोना भाइरसबाहेक इमरान खानले संसदमा दिएको एक बयान र भारत प्रशासित कश्मीरसँग जोडिएको खबर पनि सबैभन्दा चर्चित रह्यो। पत्रिका दुनियाँका अनुसार प्रधानमन्त्री इमरान खानले भारतका प्रधानमन्त्री मोदीमाथि हम’ला गर्दै ‘मोदी साधारण व्यक्ति नभई उनी मान’सिक रो’गी हुन् र भारतलाई वि’ध्वंसतिर लगेको’ बताए।

इमरान खानले पाँच अगस्ट अघि भारत प्रशासित कश्मीरको समस्यालाई संसारभरी उजागर गर्नका लागि भरपुर आन्दोलन चलाइने जानकारी दिए। इमरानले सो कुरा भारत–पाकिस्तान निय’न्त्रण रेखामा बसेका मानिसहरुका लागि कल्याणकारी योजना ‘एहसास इमर्जेन्सी क्यास प्राग्राम’ को उद्घाटनका बेला गरेका हुन्।

यो योजना अन्तर्गत नियन्त्रण रेखामा पाकिस्तानतर्फ बसेका एक लाख ३८ हजार परिवारलाई नगद सहायता दिइनेछ। इमरान खानले भने, ‘नरेन्द्र मोदी भारत प्रशासित कश्मीरमा नरसं’हार गराउँदै छन् र अन्तर्राष्ट्रिय जगतले यसबारे थाहा पाउनुपर्छ । भारत प्रशासित कश्मीरका जनताको स्वतन्त्रताका लागि चलिरहेको संघर्षलाई शक्तिको आ’डमा द’बाउन सकिँदैन।’

स्रोतः बीबीसी