अन्तर्राष्ट्रिय तथा आन्तरिक उडान साउन ७ गतेसम्म बन्द, सीमा नाका पनि ठप्प

काठमाडौं । सरकारले साउन ७ गतेसम्म अन्तर्राष्ट्रिय तथा आन्तरिक उडान बन्द नै राख्ने निर्णय गरेको छ । कोरोना भाइरसको सं’क्रमण फैलिदो क्रममा रहेकाले तत्कालका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान बन्द नै राख्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको एक मन्त्रीले जानकारी दिए।

मन्त्रिपरिषद्ले सीमा नाका पनि साउन ७ गतेसम्मकै लागि बन्द गर्ने निर्णय गरेको ती मन्त्रीको भनाइ छ । सेमिलकडाउनलाई सरकारले ७ गतेसम्म लम्ब्याउने निर्णय गरेसँगै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान पनि नहुने निश्चित भएको छ।

तर, विभिन्न देशमा अलपत्र परेका नेपालीको उद्दार तथा मेडिकल सामाग्रीको आयातका लागि भने चार्टर उडान हुनेछन्। सार्वजनिक सवारी साधन पनि साउन ७ गतेसम्म चल्न नपाउने भएका छन्।

खुकुलो लकडाउन’ साउन ७ गतेसम्म लम्व्याउने सरकारको निर्णय

चैत ११ देखि लागू भएको लकडाउनलाई जेठ २८ गतेको मन्त्रिपरिषद् बैठकले खुकुलो पार्ने निर्णय गरेको थियो । त्यो निर्णयसँगै देशैभरको जनजीवन सामान्यकरण हुँदै गएको छ । त्यसले कोरोनाको संक्रमण तथा निय’न्त्रणमा थप जटिलता निम्तिएको सरकारको बुझाइ छ।