आज देशका यी स्थानमा भारी वर्षा हुने, सतर्कता अपनाउन आग्रह

काठमाडौं। मंगलबार देशका धेरैजसो स्थानको मौसममा बदली भई पानी पर्ने सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायुको प्रभावले देशभर अझै केही दिन पानी पर्ने सम्भावना रहेको जनाइएको छ । आजदेखी बिहिबारसम्मनै देशका बिभिन्न स्थानमा झरी पर्ने सम्भावना रहेको जनाइएको छ।

आज दिउँसोपछि प्रदेश १, २, बागमती, गण्डकी, प्रदेश नम्बर ५ का केही स्थानमा ठुलो पानी परन सक्ने सम्भावना रहेको मौसमविद्ले जनाएका छन् । आज राति पनि प्रदेश १, बागमती प्रदेश र प्रदेश ५ का केही स्थानमा पानी पर्ने सम्भावना रहेको जनाइएको छ।

आज केही स्थानमा लगातार पानी पर्ने सम्भावना रहेकोले नदीमा पानीको बहाव बढ्ने र पहिरो जान सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।