चीनमै फेला पर्‍याे महामा’री फैलिन सक्ने अर्काे नयाँ भाइरस, सचेत रहन वैज्ञानिकको चे’तावनी

काठमाडौं। कोरोना भाइरसले विश्व पी’डित र आतं’कित भइरहेका बेला यसको उद्गम मानिने चीनमै फेरि अर्काे नयाँ खालको भाइरस फेला परेको वैज्ञानिकले बताएका छन्।

यो भाइरसले पनि मानवमा सं’क्रमण गरी महामा’रीको रूप लिन सक्ने भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका छन्। फ्लु गराउने यो भाइरस सुँगुरमा पाइएको हो। जुन फ्लू मानिसमा सरेपछि महामा’रीका रूपमा फैलिन सक्ने देखिएको वैज्ञानिकले चेता’वनी दिएका छन्।

प्रोसिडिङ्स अफ द नेसनल एकाडेमी अफ साइन्सेसको जर्नलमा लेख्दै वैज्ञानिकले भनेका छन्,‘सँगुरमा भाइरस नियन्त्र’ण तथा सुँगुरपालनमा संलग्न श्रमिकको निगरानी तत्काल थाल्न जरुरी छ।’

‘तत्कालै यो समस्या होइन,’ अनुसन्धानकर्ताले भनेका छन्, ‘तर यसमा मानिसलाई सं’क्रिमत बनाउन सक्ने बन्ने सबै गुण पाइएका छन् र यसको नजिकबाट अनुगमन गर्न जरुरी छ।’ बीबीसीका अनुसार यो भाइरसले आफ्नो स्वरूप परिवर्तन गरी सहजै एकअर्कामा सर्न सक्ने भन्दै वैज्ञानिकले चि’न्ता व्यक्त गरेका छन्।

यो भाइरसमा मानिसलाई सं’क्रमित गराउन सक्ने, ती’व्र रूपमा फैलिन सक्नेलगायतका सबै खालका सम्भावना देखिएको वैज्ञानिकले बताएका छन्। यो नयाँ भाइरस भएकाले यसवि’रुद्ध मानिसमा प्रतिरो’धात्मक क्षमता नहुने भन्दै सचेत रहन वैज्ञानिकले चे’तावनी दिएका छन्।