चर्चित हाँस्यकलाकार कुन्जना घिमिरे ‘सुन्तली’को आज जन्मदिन

काठमाडौँ । चर्चित हाँस्यकलाकार कुन्जना घिमिरे सुन्तलीको आज जन्मदिन हो।

ललितपुरमा जन्मेकी कुन्जना घिमिरे हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’ मा अभिनय गेरेपछि चर्चामा आएसँगै म्यूजिक भिडियो, चलचित्रका अलावा सामाजिक काममा औधी सक्रिय बनिन्।

जन्मदिनको अवसरमा उनका पति तथा हाँस्यकलाकार सिताराम कट्टेल धुर्मुसले शुभकामना दिएका छन् । बिहानैदेखि आफ्ना परिवार र शुभचिन्तकबाट सुन्तलीलाई शुभकामना थाप्न भ्याई नभ्याई बनेको छ।