गैसस महासङ्घ मकवानपुरका अध्यक्षको परिवार चढेको जीप दुर्घ’टना, आमा र छोराको निधन

हेटौँडा। मकवानपुरमा एकै परिवारका सदस्य चढेको जिप दुर्घटनामा आमा छोराको निधन भएको छ । मुग्लिन–नारायणगढ सडकखण्डको १७ किलो भन्ने स्थानमा भएको दुर्घट’नामा आमा छोराको निधन भएको हो।

जिल्लास्तरीय मानवअधिकार अवस्था अनुगमन समितिका संयोजक तथा गैरसरकारी संस्था महासङ्घ मकवानपुरका अध्यक्ष डा कृष्ण धितालको परिवार चढेको जीप दुर्घ’टना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा धितालकी श्रीमती र छोराको निधन भएको हो । जीपमा सवार तीन जना घा’इते भएका छन्।

स्कर्पियो जीपमा काठमाडौँबाट हेटौँडातर्फ आउने क्रममा भएको दुर्घ’टनामा धितालकी श्रीमती प्रभा गौतम र छोरा अनुजको निधन भएको प्रहरीले जनाएको छ । उनीहरु चढेको जीप भारतीय ग्यास बुलेटसँग ठो’क्किएको थियो।

धितालकी श्रीमतीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै निधन भएको चितवन प्रहरीले जनाएको छ । छोरा अनुजको उपचारका क्रममा आज बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

दुर्घटनामा परी घाइते हुनेमा चालक राजन घिमिरे, कृष्ण धिताल र छोरी वर्षा छन् । घाइेत मध्य चालकको अवस्था ग’म्भिर छ । धिताल परिवार सवार बा१३च ५९२९ नंको स्कर्पियो नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको एनएल ०१०५१६० भारतीय नम्बरको ग्यास बुलेटसँग ठो’क्किएर दुर्घटना भएको हो।