श्रीलंकासँग पनि सुरु भयो भारतको विवाद : भन्छ, ‘नेपालमा जस्तै श्रीलंका पनि चिनियाँ कार्ड प्रयोग भयो’

एजेन्सी। भारतले आफ्ना छिमेकीलाई अप्ठयारो अवस्थामा थप समस्यामा पार्न थालेको छ । कोरोना महामारीका कारण लकडाउन भएको समयमा नेपालको अतिक्रमित भूमिमा सडक बनाएर उद्घाटन गरेको भारतले श्रीलंकालाई कर्जा तिर्नका लागि दबाब दिएको छ।

श्रीलंकाले आर्थिक संकटका कारण कर्जा भुक्तानीका लागि समय माग गरे पनि भारतले कुनै सुनुवाइ गरेन । त्यसपछि श्रीलंकाली अधिकारीहरुले चीनसँग कर्जा लिएर भारतलाई भुक्तान गर्ने विषयमा छलफल गरेपछि भारतले विभिन्न प्रकारका समस्या दिन सुरु गरेको छ।

भारतीय अधिकारीले श्रीलंकामा पनि नेपालमा जस्तै चिनियाँ कार्ड प्रयोग भएको बताएका द हिन्दुको समाचारमा उल्लेख छ । शनिबार श्रीलंकाका राष्ट्रपति महिन्दा राजपक्षेले अन्तर्राष्ट्रिय मुद्रा कोषसँग विकासशील देशको कर्जामा राहत दिनुपर्ने माग गरेका थिए । राजपक्षेले भारतसमेत सहभागी भर्चुअल बैठकमा उक्त आग्रह गरेका थिए।

श्रीलंकाले भारतबाट ९६ करोड डलर कर्जा लिएको छ । त्यहीँ कर्जालाई देखाएर भारतले मुद्रा सटहीमा पनि रोक लगाइ दिएको छ । यो विषयमा श्रीलंकाले पटक पटक भर्चुअल बैठक बस्न भारतलाई आग्रह गरे पनि भारतले त्यसलाई कुनै सुनुवाइ गरेको छैन । कर्जाका लागि समय थप्ने र मुद्रा साटासाट गर्नका लागि योबीचमा श्रीलंकाले तीन पटक आग्रह गरिसकेको छ।

भारतले कुनै सुनुवाइ नगरेपछि श्रीलंकाका राष्ट्रपति राजपक्षेले चिनियाँ समकक्षी सी जिनपिङसँग छलफल गरे । राष्ट्रपति सीले कोरोना महामारीविरुद्ध लड्का लागि श्रीलंकालाई ५० करोड डलर सहयोग गर्ने घोषणा गरे । त्यसपछि भारत श्रीलंकाविरुद्ध खनिएको छ । नेपालविरुद्ध जस्तै भारतीय मिडिया श्रीलंकाविरुद्ध लागेका छन्।