काठमाडौंकी उपमेयर हरिप्रभा खड्गीलाई हृदयघात, अस्पताल भर्ना

काठमाडौं। काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीलाई हृदयघात भएपछि नर्भिक अस्पताल थापाथलीमा भर्ना गरिएको छ । उनलाई बिहीवार साँझ नै अस्पताल लगिएको थियो । श्रीमान प्रकाश खड्गीका अनुसार अहिले उपमेयर खड्गीको स्वास्थ्य अवस्था सामान्य छ ।

‘अवस्था सामान्य नै छ,’ श्रीमान खड्गीले लोकान्तरसँग भने, ‘एनजीओग्राफी गरिएको छ, त्यसको रिपोर्ट हेरेपछि आजै डिस्चार्ज गर्ने कि के गर्ने भन्ने निश्चित हुन्छ भनेर डाक्टरसापहरूले भन्नुभएको छ ।’

उपमेयर खड्गीलाई बिहीवार साँझ ६ बजे नै अस्पताल लगिएको उनले बताए ।