ओरालो लाग्यो सुनको मूल्य

काठमाडौं। बिहीवार सुनको मूल्यमा गिरावट आएको छ । बिहीवार छापावाल सुन प्रति तोला ९१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बुधवार छापावाल सुन प्रति तोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । बिहीवार तेजाबी सुन प्रति तोला ९० हजार ५ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ।

यस दिन चाँदी प्रति तोला ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधवार चाँदी प्रति तोला ९ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।