विप्लव जीले मलाई सोझ्याउन सक्नु हुन्न : प्रचण्ड

काठमाडौं। नेपाल कम्यूनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफ्ना पूर्व सहकर्मीमाथि खनिएका छन् । शुक्रबार बिहान पार्टी कार्यालय धुम्बाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले आफ्ना पूर्व सहकर्मीहरु नहुनेबाटोमा लागेको आरोप लगाउनु भएको छ ।

शान्ति प्रकृया टुंगिएको भएता पनि केही समुूहहरु कसरी भाड्न सकिन्छ भन्ने तर्फ लागेको भन्दै एकथरीलाई शान्ति प्रक्रिया मनपरेको छैन । उहाँले १० वर्ष लामो सशस्त्र संघर्षबाट स्थापना भएको र उक्त स्थापित शान्तिलाई कसरी खलल पुर्याउन सकिन्छ भनेर हिंसा मच्चाउने खेल भइरहेको छ, उहाँले भन्नुभयो ।

अध्यक्ष दाहालले सम्बोधनका क्रममा आफ्ना पूर्वसहयोद्धा डा. बाबुराम भट्टराईलाई सम्झदैँ भन्नुभयो बाबुरामजीको बौद्धिकताले अन्त गएर कहीँ सकारात्मक परिणामदिएको देखिँदैन’।

नेकपाका अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली समेतको उपस्थिती रहेको उक्त कार्यक्रममा अध्यक्ष दाहालले पार्टी एकता टुंगिसकेको र केही काम मात्र बाँकी रहेको उल्लेख गर्नुभयो । उहाँले एउटै कम्युनिष्ट पार्टी बनाउने क्रममा पुराना कम्युनिष्ट नेतालाई फकाउन नसकेकोमा चिन्ता व्यकत समेत गर्नुभयो ।

अध्यक्ष दाहालले कुनै बेलाका सहयोद्धा नेत्रविक्रम चन्द विप्लवलाई सम्झदैँ भन्नुभयो, ‘प्रचण्डले बाटो बिरायो, अब सोझयाउँछु भनेर हिँड्नु भएको छ’, ‘नहुने बाटोमा गएर सोझिँदैन, विप्लवजी पनि जतिसक्दो चाँडो एउटै कम्युनिष्ट अभियानमा समाहित हुनुपर्छ । उहाँले मन्तव्यको क्रममा मोहनविक्रम सिंह, चित्रबहादुर केसी देखि नयाँ पिँढीका नेत्रविक्रम चन्दसम्मलाई सम्झिनुभएको थियो ।