विमानको ल्यान्डिङ गीयरमा लुकेर यात्रा गर्दा गयो ज्यान

एजेन्सी। विमानको ल्यान्डिङ गीयर कम्पार्टमेन्टबाट तल झरेर मृत्यु भयो भन्दा अनौठो लाग्न सक्छ । तर लन्डनमा एक अनौठो घटना घटेको छ । लन्डनको सर्वाधिक व्यस्त हिथ्रो एयरपोर्टमा एक व्यक्तिको ल्यान्डिङ गीयर कम्पार्टमेन्टबाट लुकेर यात्रा गर्दा तल झरेर मृत्यु भएको बताईएको छ।

प्राप्त जानकारीका अनुसार उक्त व्यक्ति विमानको ल्यान्डिङ गीयरको कम्पार्टमेन्टमा लुकेर यात्रा गरिरहेको थिए । एयरपोर्टमा विमान उत्रनुपूर्व उनी तल झरे र उनको मृत्यू भएको हो । शव लन्डनको एक बगैचाम मिलेको थियो । उनी केन्या एयरवेजको विमानबाट तल झरेको बताइएको छ।

बेलायती अधिकारीका अनुसार उक्त व्यक्तिको पहिचान गर्ने प्रयास भइरहेको छ । उनी कुनै विमानको ल्यान्डिङ गीयर कम्पार्टमेन्टबाट तल झरेको हुन सक्ने बताइएको छ । यो कम्पार्टमेन्टबाट एक ब्याग, पानीको बोतल तथा केही खानेकुराको सामग्री पाइएको थियो ।

गरिबी तथा खराब अवस्थाका कारण पछिल्ला वर्षहरुमा अफ्रिकी देशका कैयौ नागरिकहरु विमानमा लुकेर युरोप तथा अमेरिका पुग्ने प्रयास गर्दै आए का छन् । उनीहरुले युरोप तथा अमेरिका छिर्नका लागि यस किमिको जोखिम उठाउदै आएका छन् ।

२०१६ मा लागोसबाट न्यूयोर्क जादै गरेको एयर जेटको एक विमानको अन्डरक्यारिजमा एक शव पाइएको थियो । यसै वर्ष एरिकको लागोसबाट जोहानेसबर्ग उडानमा पनि एक शव पाइएको थियो ।