चलचित्र ‘फाटेको जुत्ता’ युट्युबमा सार्वजनिक, हेर्नुहोस पुरा फिल्म

काठमाडौ। नायक सौगात मल्ल र नायिका प्रियंका कार्की अभिनित चलचित्र फाटेको जुत्ता युट्युबमा रिलिज भएको छ । निकेश खड्काको निर्देशनमा अर्जुन कुमारले निर्माण गरेको चलचित्रलाई हाइलाइटस् नेपाल बाट रिलिज गरिएको छ ।

फिल्ममा दयाहाङ राई, वर्षा राउत प्रियंका कार्की, सौगात मल्ल, कामेश्वर चौरासिया, रविन्द्र झा, अनोज पाण्डे लगायतका कलाकारहरुको मुख्य भूमिका छ। प्रवेश मल्लिक र शंकर थापाको संगीत रहेको फिल्मको गीतमा विराज गहतराज र राजिव समरको कोरियोग्राफी रहेको छ।