श’व व्यवस्थापनमा गोरखामा तना’व, चार सेल अश्रुग्यास हानियो

गोरखा। कोरोनाका कारण ज्या’न गुमाएका गोरखाको पालुङटार नगरपालिका-७ का ४४ वर्षीय पुरुषको श’व व्यवस्थापनमा अव’रोध भएको छ। शनिबार बिहान कोरोनाकै कारण ज्या’न गुमाएका पुरुषको श’व व्‍यवस्थापनका लागि नेपाली सेनाको विशेष टोलीले शनिबार दिउँसो सहिद लखन गाउँपालिका-१ को लुदीखोला घाटमा लगेपछि स्थानीयले अवरोध गरेका हुन्। स्थानीयले लामो समयसम्म अवरोध गरेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन चार सेल अश्रुग्यास प्र’हार गरेको छ।

गत असार १६ गते कतारबाट आएका उनको उपचारको क्रममा आज बिहान करिब ५ बजे गोरखा अस्पतालमा रहेको आइसोलेशनमा मृ’त्यु भएको थियो। सरकारले तय गरेको कोरोना सं’क्रमितको श’व व्यवस्थापन गर्नुपर्ने निर्देशिकाअनुसार संक्रमितको मृ’त्यु भएपछि जतिसक्दो चाँडो व्यवस्थापन गर्नुपर्ने उल्लेख गरेको छ। शनिबार बिहान मृ’त्यु भएका संक्र’मितको शव व्यवस्थापन करिब १० घण्टासम्म हुन नसकेपछि स्थिति नियन्त्रणमा लिन अश्रुग्यास प्र’हा’र गर्नुपरेको प्रहरीले जनाएको छ।

कतारबाट गत मंगलबार पालुङ्टार आइपुगेका उनी मधुमेह रोगी भएको अस्पतालले विज्ञप्तिमार्फत जानकारी गराएको थियो। कोरोनाको ज’टिल लक्षण देखिएपछि उनलाई जीवनज्योति माविको क्वारेण्टाइनबाट शुक्रबार राति १० बजे गोरखा अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो। कोरोना संक्रमितको शव व्यवस्थापनमा प्रशासनले पर्याप्त तयारी नगरेको आरोप लगाउँदै स्थानीयले श’व व्यवस्थापनका लागि पुगेका सुरक्षाकर्मी टोलीमाथि ढुंगा प्र’हा’र गरेका थिए। स्थानीयले नियमित प्रयोग गरिरहेने घा’टमा नै श’व व्‍यवस्थापन गर्न नहुने भन्दै वि’रोध जनाएका थिए।