यस पटक ब्रिटिश गोर्खा छनोटका नयाँ दर्ता नलिइने, २०२० मा फालिएकालाई मौका

काठमाडौं। बेलायतको ब्रिटिश गोर्खा सैनिक छनोटका लागि यस पटक नयाँ दर्ता नलिइने भएको छ।

ब्रिटिश गोर्खा नेपालले वार्षिक रुपमा लिदैँ आएको नयाँ रिक्रुट कार्यक्रम यस पटक कोरोना महामारीका कारण नहुने भएको हो । सन् २०२१ का लागि हुने रिक्रुट इन्टेक २१ का लागि नयाँ दर्ता तथा रिजनल सेलेक्सन कोरोनाका कारण देखाउँदै रद्द गरिएको जनाइएको छ । यसले गर्दा नयाँ दर्ता गरेर पहिलो पटक ब्रिटिश गोर्खा भर्तीका लागि छनोट प्रक्रियामा जान तयारी गरेकाहरु प्रभावित हुनेछन्।

नयाँ दर्ता नलिइए पनि सेन्ट्रल सेलेक्सन गर्न सके सन् २०२० इन्टेकमा उत्कृष्ट प्रदर्शन गर्दा गर्दै पनि छनोट हुन नसकेकाहरुलाई सम्भावित रिक्रुटका बोलाइने पनि जनाइएको छ । सेन्ट्रल सेलेक्सन हुने नहुने भन्ने चाहिँ सेप्टेम्बर १ सम्ममा निर्णय गरिने पनि वेबसाईटमा उल्लेख गरिएको छ।