नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पितृशोक

काठमाडौं। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पितृशोक परेको छ। घिसिङका बाबु कृपासिंह तामाङको मेडिकेयर अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

९८ वर्षका कृपासिंह घरमा बेहोस भएर लडेपछि उनलाई उपचारका लागि मेडिकेयर अस्पतालमा लगिएको र उनको उपचारका क्रममा निधन भएको अस्पतालले पुष्टी गरेको छ।

स्वर्गीय घिसिङका कुलमान सहित ६ छोरा र ३ जना छोरी रहेको पारिवारिक स्रोतले जनाएको छ।