बाबुराम भट्टराईको घरमा सुरक्षाकर्मीको दु’रुपयोग

काठमाडौं। नेपालमा सुरक्षाकर्मीको पूर्वभीआईपीहरुले दुरुपयोग गरिरहेको खवर समय समयमा सार्वजनिक भईरहन्छ । कतिपयले घरायसी काममा लगाउने गरेको पनि देखिदै आएको छ । नेपाली राजनीतिमा यस्ता घ’टना नौला भने होइन्।

तर, पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको आफ्नो सुरक्षामा खटिएका सशस्त्र प्रहरी जवानलाई छोरीको कपाल का’ट्नसमेत प्रयोग गर्ने गरेको खुलेको छ । त्यो पनि भट्टराईकै पत्नी हिसिला यमीले खुलाउनु भएको हो।

आइतबार भट्टराई पत्नी हिसिला यमीले आफ्नै छोरी मानुषी यमी भट्टराईको कपाल सशस्त्र प्रहरी बलका जवानले का’ट्दै गरेको फोटो आफ्नो फेसबुकबाट सार्वजनिक गर्नुभएको छ।

उहाले फोटो पोस्ट गर्दै लेख्नु भएको छ, ‘मानुषीको कपाल एपीएफ भाइले काट्दै, जेकेन्द्र कपाल क’टाइको निगरानी गर्दै।’

पूर्वभीआईपीको सुरक्षामा खटिनेलाई कार्यविधि अनुसार घरको कुनै पनि काममा लगाउन पाइैदन । सामान्य तया सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीलाई घरायसी कामका लागि प्रयोग गर्नु श्रमषोषण मानिन्छ । तर, अहिले यमीको फेसबुक पेजमा सो फोटो भेटिएको छैन।