काठमाडौं उपत्यकामा दिनहुँ कोरोना संक्रमित बढ्दो: थप ५४ जानामा कोरोना पुष्टि

काठमाडौं। काठमाडौं उपत्यकामा दिनहँ कोरोना भाइरस रोगका संक्रमितको संख्या बढिरहेको छ । स्वाथ्य तथा जनसंख्या मन्त्रालयका अनुासर पछिल्लो २४ घण्टामा काठमाडौंमा २४, भक्तपुरका १० र ललितपुरका २० जनालाई कोरोना पुष्टि भएको छ । देशभर कोरोना संक्रमितको संख्या १५ हजार ९६४ पुगेको छ।

मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले हालसम्म ६ हजार ८११ जना डिस्चार्ज भएको बताउनुभयो । जस अनुासर पछिल्लो २४ घण्टामा २६४ जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा ४ हजार ७२१ जनाको पीसीआर परीक्षण भएको छ । आइसोलेसनमा ९ हजार ११८ जना संक्रमित बसिरहेका छन् भने हाल २९ हजार २१५ जना क्वारेन्टिनमा बसिरहेका छन्।