नेपालमा थप एक जनाको कोरोना भाइरसबाट मृ’त्यु, मृ’त्यु हुनेहरूकाे संख्या ३५ पुग्यो

काठमाडौं। नेपालमा थप एक जनाको कोरोना भाइरसबाट मृ’त्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाग्लुङ निसीखोला घर भएका २९ वर्षीय पुरुषको आइतबार मृ’त्यु भएको हो । ती पुरुष ढोरपाटन नगरपालिकाको क्वारेन्टाइनमा बसिरहेका थिए । उनको मृ’त्यु क्वारेन्टाइनमै भएको हो । उनी भारतबाट क्षयरोगको उपचार गरी नेपाल फर्किएका थिए।

यससँगै नेपालमा कोरोना भाइरसबाट मृ’त्यु हुनेहरुको संख्या ३५ पुगेको छ।