कोरोनाभन्दा खत’रनाक भाइरस फैलिएको आशं’का

काठमाडौं। कजाकिस्तानमा कोरोना भाइरस भन्दा खत’रनाक निमोनिया फैलिएका आ’शंका चीनले गरेको छ। त्यहाँको स्थानीयमा उक्त अज्ञात निमोनिया फैलिएको भन्दै चीनले त्यहाँ रहेका आफ्ना नागरिकलाई स’चेत गराएको छ। यो निमोनिय कोरोना भन्दा ख’तरनाक र घा’तक भएको चिनियाँ सञ्चार माध्यम साउथ चाईना मर्निङ पोष्टले जनाएको छ। तर कजाकिस्तानले भने उक्त चेतावनीलाई चीनले फैलाएको अफ’वाह भनेको छ।

कजाकिस्तानस्थित चिनियाँ दूतावासले बिहिबार विज्ञप्ति जारी गर्दै चेता’वनी दिएको हो। विज्ञप्तिमा उक्त अज्ञात निमोनियाको कारण ६ महिनामा १७७२ जनाको मृ’त्यु भएको जनाइएको छ। यस्तै जुनमा मात्रै ६२८ जनाको मृ’त्यु भएको र तिनिहरुमा चिनियाँ नागरिक पनि रहेको दूतावासले बताएको छ।

कजाकिस्तानको स्वाथ्यविभाग सहित अन्य संगठनले उक्त निमोनियाको भा’इरस बारेमा अध्ययन गरिरहेको चिनियाँ दूतावासले आफ्नो बयानमा भनेको छ। हालसम्म उक्त रोग कोरोनासँग सम्बन्धित छ कि छैन भनेर कुनै प्रमाण फेला परेको छैन्। तर कजाकिस्तानको स्वास्थ्य मन्त्रालयले भने चिनियाँ दूतावासको उक्त बयानलाई झू’ठो बताएको छ।