ऐश्वर्या राय र उनकी छोरी आराध्यालाई पनि कोरोना सङ्क्रमण

काठमाडौं। बलिवुड अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्या बच्चनमा पनि कोरोना भाइरसकाे सङ्क्रमण देखिएकाे छ।

मुम्बईका असिस्टेन्ट म्युनिसिपल कमिस्नर विश्वास मोटेले ऐश्वर्या राय बच्चन र उनकी छोरी कोरोना सङ्क्रमित भएको पुष्टि गरेका हुन् । अभिनेता अमिताभकी श्रीमती जया बच्चनकाे रिपाेर्ट भने नेगेटिभ आएकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

शनिबार अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चनमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो, त्यसपछि उनीहरुलाई मुम्बईको नानावती अस्पतालमा भर्ना गरिएको थियो।