
काठमाडौँ । काठमाडौँको सुकेधारमा ग्यास सिलिन्डर विस्फोट विस्फोट हुँदा ६ जना घाइते भएका छन् ।महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटीका अनुसार सुकेधारास्थित ढलाने पुल नजिकै विस्फोट भएको हो । बुढानिलकण्ठ नगरपालिका ४ स्थित एक सैलुनमा विस्फोट भएको प्रहरीले जानकारी दिएको छ ।घाइते ५ जनाको ओम अस्पतालमा उपचार हुँदैछ भने एक जनाको टिचिङ अस्पतालमा उपचार भइरहेको छ ।
घाइते मध्ये दुईको अवस्था गम्भीर रहेको बताइएको छ ।महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रकाश थापाले जानकारी दिए अनुसार विस्फोट भएको जानकारी आएको बताउँदै प्रहरी टोली घटनास्थल पुगिनसकेको बताए ।यता, प्रहरीले अनामनगरमा पनि ग्यास विस्फोट भएको खबर आएको जानकारी दिएको छ ।