मेयरले ५ लाख घुस लिन पठाएका छोरा रं’गेहात प’क्राउ

सिराहा। सिराहामा घुससहित मेयरका छोरा प’क्राउ परेका छन्। सिराहाको कल्याणपुर नगरपालिकाका प्रमुख सूर्यनाथ मण्डलका छोरा सन्त मण्डल ५ लाख घुस रकमसहित प’क्राउ परेका हुन्।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको बर्दिबासबाट खटिएको टोलीले बिहीबार प्रमुखका छोरा सन्त र अर्का एक जना जीतेन्द्र महतोलाई लहान नगरपालिका वडा नं. २२ राजदेवी चोक नजिकबाट पक्राउ गरिएको अख्तियारको बर्दिबास कार्यालयले जनाएको छ।

कल्याणपुर नगरपालिकाका मेयर सूर्यनाथ मण्डलले डिपिआरको भुक्तानी गर्नको लागि सेवाग्राहीसँग ५ लाख घुस मागेकोमा सो रकम लिन छोरा र एक जनालाई पठाएकोमा दुवै जनालाई रं’गेहात निय’न्त्रणमा लिइएको कार्यालयले जनाएको छ। यसबारे थप अनुसन्धान भइरहेको अख्तियारको बर्दिबास कार्यालयले जनाएको छ।